• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

डोटीमा जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जानको मृत्यु


बैशाख ८,  काठमाडौँ ।

डोटीमा जिप दुर्घटना हुँदा ४ जानको मृत्यु भएको छ ।

जिल्लाको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग १ ज ५२७५ नम्बरको जिप शिखर नगरपालिका वडा नम्बर ३ छाइपानीमा आज दिउँसो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा शिखर नगरपालिका ३ जोरागाउँका १४ वर्षीय सुरेश भुल र सोही ठाउँकी खिन्तुरी भुल रहेका छन् । मृतक २ जनाको सनाखत हुन सकेको छैन भने ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनास्थल डोटी सदरमुकामबाट करिब २५ किलोमिटर टाढा छ ।

प्रकाशित मिति : २०७५ बैशाख ८ गते शनिवार