• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सिन्धुली प्रहरीमा शक्तिशाली भूकम्प, विप्लवको पार्टीले दियो यस्तो ?


बैसाख ८,  काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरी भित्र खैलाबैला मच्चिएको छ । उता सिन्धुली प्रहरीभित्र भने यो खबरले भूकम्प नै गएको छ ।

शनिबार बिहान पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको दावी गरेपछि पुरै प्रहरीभित्र हलचल ल्याएको छ ।

सैन्य बेसक्याम्प चलाएको हल्लापछि सिन्धुलीमा व्यापक प्रहरी परिचालन गरिएको सूचना समेत प्राप्त भएको छ ।

तर नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ । नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीले देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढीकरण अभियान जारी रहेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका छन् ।

नेकपाका कार्यकर्ताहरुले सिन्धुलीको हरिहरपुरगढि गाउँपालिमा सैन्य बेशक्याम्प संचालन गरेको भन्‍ने समाचार झुटो भएको नेकपाले बताएको छ । अाइतबार केही अनलाइनले प्रहरीको हवाला दिँदै उक्त समाचार प्रकाशित गरेका थिए ।

पार्टीका पोलिट्ब्यूरो सदस्य समेत रहेका नेता विरहीले आफ्नो पार्टी विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलनमा लागिरहेको तर कुनै सैन्य गतिविधिमा नलागेको बताए ।

यसैबीच प्रहरीले सिन्धुलीबाट नेकपनिकट अखिल (क्रान्तिकारी) का २ जना नेतालाई गिरफ्तार गरेको छ । डिएसपी शर्माले एकजना केन्द्रीय नेता र अर्का जिल्लास्तरीय नेतालाई गिरफ्तार गरेको बताएका छन् ।

उनका अनुसार अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजन बस्नेत र सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल गिरफ्तार परेका हुन् । उनीहरुबारे थप अनुसन्धान भैरहेको डिएसपी शर्माले बताए ।

प्रकाशित मिति : २०७५ बैशाख ८ गते शनिवार