बैशाख ८, सल्यान ।
विभिन्न किसिमका लोक साङ्केतिक कोशेलिहरु बजारमा आउनेक्रममा यतिबेला यज्ञ ओलि (प्रयास) को प्रेम केन्द्रित लोकदोहोरी एल्बम ‘आँसु’ बजारमा आएको छ ।
रुकुमेलि नव गाएक गोपाल ओलि ( स्पन्दन) ले पहिलो पटक यो गीतमा स्वर दिएका छन् । मुना थापा र गोपाल ओलि (स्पन्दन्को) को आवाजमा रहेको गीतलाई संगीत भद्र नकालले गरेका छन् भने शब्द यज्ञ ओलि (प्रयास) ले गरेका छन् ।
‘आँसु’ गीतको म्युजिक भिडियोमा अभिनय ओखलढुंगाका मोडेल उमंग श्रेष्ठ र चर्चित मोडेल शारिका केसीको रहेको छ । भिडियोको निर्देशक मान्सिङ खड्का, छाँयाङकन सागर गौतम र सम्पादक रमीत ओलिले गरेका छन् । गीत पुजा डिजिटल म्युजीक प्राली बाट सार्वजनीक भएको छ ।
भिडियो