वैशाख ८, काठमाडौँ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा बच्चा जन्माउन पुगेकी एक गर्भवती महिलाले अस्पतालले बेड नभएको भन्दै फर्काई दिएपछि बाटोमै बच्चा जन्माएकी छिन् ।
दैलेख डाँडापराजुल घर भएकी सिर्जना बिकले शनिबार विहान अस्पताल नजिकै एक पसलको छेउमा बच्चा जन्माएकी हुन् ।
तीन दिनअघि क्षेत्रीय अस्पताल कालागाँउमा बच्चा जन्माउनका पुगेकी बिकलाई अस्पतालले बेड नभएको बताउँदै फिर्ता पठाएपछि नजिकको होटलमा बसेका थिए ।
सुत्केरीका परिवारसँग महंगो क्लिनिक जाने पैसा नभएकाले उनीहरु सरकारी अस्पताल बच्चा जन्माउनका लागि गएका हुन् । तर अस्पतालले फिर्ता पठाइदिएपछि बाध्य भएर अस्पतालमा बस्नु परेको सुत्केरी बिकको आफन्त बताउँछन् ।
आर्थिक अवस्था अत्यन्तै नाजुक भएका बिकको परिवारलाई स्थानीयको सहयोगमा अहिले अस्पताल लगिएको छ ।