• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

दाङमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ५ घाइते


बैशाख ९, दाङ  ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको रिहारमा यात्रुबाहक गाडी र ट्रक ठोक्किँदा शनिबार बेलुका दुईजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

लमही नगरपालिका–९ रिहार नजिक घोराहीबाट नेपालगञ्ज जाँदै गरेका भे १ ज ६१४ नम्बरको मिनि बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६४८ नम्वरको ट्रक ठोक्किँदा गाडीका यात्रुको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा लमही नगरपालिका–९ च्याउखोलाका २८ वर्षीय खड्गबहादुर बुढा र ठाकुरद्वार नगरपालिका–१ बर्दियाका २० वर्षीय विवेक थारुको मृत्यु भएको छ ।

घटनामा प्यूठान नगरपालिका–८ की २२ वर्षीया सुष्मा केसी, लमही नगरपालिका–९ की ३६ वर्षीया कमला विक, रुन्टीगढी गाउँपालिका–६ रोल्पाकी ३५ वर्षीया तिलकुमारी थापा, ७४ वर्षीया सरी पुन र दाङ विजौरीकी ४६ वर्षीया बेलकुमारी बोहरा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ९ गते आइतवार