बैशाख ९, काठमाडौं ।
शेरबहादुर देउवाले नेतृत्व गरेको अघिल्लो सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको विदेश भ्रमण क्रममा एक करोड रुपैयाँ खर्च भएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा तत्कालीन शिक्षा मन्त्री श्रेष्ठ, शिक्षा सचिवालयलगायत १० जनाले अस्ट्रेलिया र १९ जनाले हङकङ भ्रमण गर्दा ९९ लाख ६३ हजार रुपैयाँ खर्च गरेको पाइएको छ। उनीहरुले सीप विकास परियोजनाबाट उक्त रकम खर्च गरेको रिपोर्टमा उल्लेख छ ।
शिक्षा मन्त्रालयबाट महालेखा परीक्षकको कार्यालयमा बुझाइएको विरणमा भने उक्त भ्रमणको विवरण समावेश छैन । ,आजको नागरिक दैनिकमा खबर छ ।