• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

त्रिशूली नदिमा गाडी खस्यो, अवस्था यस्तो ?


बैशाख ९,  चितवन  ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत केराबासी भन्ने स्थानबाट आइतबार एउटा ग्याँस बुलेट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा परी घाइते भएका चालक राजु ओलीलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। एनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। भारतबाट काठमाडौं जाँदै गरेको एचआर ३ एचआर ९७७० नम्बरको ग्याँस बोकेको बुलेट अनियन्त्रित भइ पल्टिएर त्रिशूली नदीमा खसेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

ग्याँस बुलेट भरतपुर महानगरपालिका २९ केराबारी भन्ने ठाउँबाट करिव एक सय ५० मिटर तल त्रिशूली नरीमा खसेको ढकालले जानकारी दिए। ग्याँस बुलेटको डिब्बा छुट्टिएर पानीमा डुबेकाले अहिले निकाल्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

संकेतीक फाइल फोटो

प्रकाशित मिति : २०७५ बैशाख ९ गते आइतवार