• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

दाङमा युवाले गरे बृद्धबृद्धालाई फलफूल वितरण


पूर्ण केसी (मुस्कान)
वैशाख ९, दाङ ।
दाङ तुलसीपुरको दोभान सांस्कृतिक कला पुञ्ज आज एक कार्यक्रम बीच बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ ।

पुञ्जले शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनामा रहेको वृद्ध सेवा समितिमा रहेका बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको हो । डान्सिङ एण्ड सिंगिन स्टारका सभापति शंकर भुसालको नेतृत्वको टोलीले त्यहाँ पुगेर फलफूल वितरण गरेको हो ।

शनिवार समापन भएको प्रदेश नं। ५ टपवान डान्सिङ एण्ड सिंगिन स्टार २०७४ फाइनलको अवसर पारेर जेष्ट नागरिकलाई फलफूल वितरण गरेको भुसालले जानकारी दिए ।

शनिवारको प्रतियोगितामा नृत्य तर्फ सुशीला घर्ती, गायन तर्फ एलिना एरी प्रथम भएका थिए । प्रतियोगिता अन्तरगत ज्येष्ठ भोटिङ अवार्ड भने आरधना गुप्ताले जितेकी थिइन ।।

प्रकाशित मिति : २०७५ बैशाख ९ गते आइतवार