• २०७७ मङ्सिर १८ गते बिहिवार
  • Preeti To Unicode

दाङमा खोलामा डुबेर एकजनाको मृत्यु


बैशाख ९,  दाङ  ।

दाङको अर्जुनखोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका ६ स्थित घोडेबासनजिक अर्जुन खोलामा नुहाउने क्रममा डुबेर घोराही उप महानगरपालिका १८ निवासी १७ वर्षीया करुणा पुन मगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। आइतबार १२ जना किशोरी अर्जुनखोलामा नुहाउन आएका थिए।

करुणा घोराहीस्थित लाली गुराँस सेकेण्डरी बोर्डिङ स्क”लमा कक्षा १० मा अध्ययनरत थिइन्। करुणासँग आएका युवतीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ९ गते आइतवार