बैशाख १०, चितवन ।
रत्ननगरमा कार्यरत ट्राफिकका प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाले एक महिलालाई एसिड खन्याएर घाइते बनाएका छन् ।
उनले आइतबार भरतपुर महानगरपालिका–४ त्रिचोकमा २८ वर्षीया एक महिलाई एसिड खन्याएका हुन् । गोरखा घर भएकी विवाहित ती महिला भरतपुरको त्रिचोकमा डेरा गरी बस्दै आएकी थिइन्। त्रिचोक निवासी खनियालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनाको प्रभारम्भिक अनुसन्धानमा एकतर्फी प्रेम कारण देखिएको प्रहरी उपरीक्षक थापाले बताए ।
एसिड खन्याउँदा श्रेष्ठको टाउको, दाहिने गाला, गर्दन, ढाड, खुट्टालगायत शरीरका विभिन्न भागमा असर गरेको छ। उनको अहिले भरतपुरमा अस्पतालमा उपचार भैरहेको छ ।