• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

गायक नेत्र भण्डारी देखिए मोडलमा, सार्वजनिक भयो लोकदोहोरी गीत ‘कहाली’ (भिडियो सहित)


लेकाली अनलाइन
बैशाख १०, सल्यान ।
विगत लामो समयदेखि लोकदोहोरीको क्षेत्रमा रहेका चर्चित गायक नेत्र भण्डारीले अभिनय गरेको एउटा लोकदोहोरी गीत सार्वजनिक भएको छ । नेत्र भण्डारी र साया भण्डारीद्वारा अभिनीत “कहाली” बोलको गीत सार्वजनिक भएको हो ।

मालती डिजिटलको प्रस्तुतीमा हरिकला बिसीको “कहाली” गीतमा करिश्मा बिसी र मोहन बिसीले आवाज दिएका छन् । गीतको लय नेत्र भण्डारी र शब्द सन्ध्या केसीले गरेकी छन् ।

कपिल लामाको निर्देशन र अमर शाक्यको सम्पादनमा निर्माण गरिएको म्युजिक भिडियोको छायाँङकन राजेश घिमीरेले गरेका छन् ।

यस्तो छ भिडियो 

सम्बन्धीत यी समाचार पनि पढ्नुहोस्

अमृता लुङ्गेलीको नेत्र भण्डारी सँग डार्लिङ आइ लभ यु (भिडियो सहित)

चर्चित गायक नेत्र भण्डारी र गायीका अमृता लुङ्गेली मगरको आवाजमा माया प्रेम सँग संबंधित नाच्न मिल्ने खालको गीत सार्वजनीक भएको छ ।

गायीका अमृता लुङ्गेली मगरको (डार्लिङ आइ लभ यु) बोलको गीतलाई नेत्र र अमृताले आवाज दिएका हुन । सुन्दा नाच्न मन लाग्ने उक्त (डार्लिङ) गीतको शब्द टुरिष््ट जंग विक र लय गायक नेत्र भण्डारीले नै गरेका छन् ।
आशिष म्युजिक प्रा.ली. बाट बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा सुशान्त र सन्जनाको अभिनय रहेको छ । बब्बु थापाको निर्देशन र नविन घर्ति मगरको सम्पादन रहेको गीतको छायाँङकन दुर्गा पौडेलले गरेका छन् ।

(डार्लिङ आइ लभ यु) गीतको म्युजिक भिडियोको दृश्य निर्माण एकता फिल्मस प्रा.ली. ले गरेको हो ।

भिडियो हेर्नुहाेस् 

 

नेत्र र तिर्सनाको मुखैबाट अायाे “ठुम्का” (भिडियाे सहित) 

चर्चित लाेकदाेहाेरी गायक नेत्र भण्डारी र तिर्सना घर्ती मगरको अावाजमा रहेकाे लाेक पप गीत “ठुम्का” सार्वजनीक भएकाे छ । तिर्सना घर्ती मगरको उक्त “ठुम्का” बाेलकाे लोक पप गीत हिजाे म्युजिक नेपालकाे युट्युब च्यानल बाट सार्बजनिक भएकाे हाे ।

निकै रमाइलो तरिकाले निकालिएको “ठुम्का” गीत अलि पृथक किसिमको मनोरञ्जनमा प्रस्तुत गरिएकाे छ । रमाइलो र ठट्यौली शब्दहरु समेटिएको “थुम्का” गीतकाे शब्द सन्ध्या के.सी.ले लेखेकी छन् भने संगीत नेत्रकाे नै रहेकाे छ ।

दिपक र लोसिनाको अभिनय रहेको “ठुम्का” गीतकाे म्युजिक भिडियाेकाे निर्देशन क्रान्ति के.सी.ले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् ।

यस गीतकाे म्युजिक भिडियोको दृश्य निर्माण तथा व्यवश्थापन मालती डिजिटल प्रा.लि. ले गरेको छ ।

हेर्नुहाेस् भिडियाे

 

माया नपाएर मृत्यु भएका बिमल र सारीकालाई नेत्र र रुक्मणीकाे “हार्दिक श्रद्धाञ्जली”

धेरैको प्रतिक्षामा रहेको गायक नेत्र भण्डारी र गायीका रुक्मणी रिजालको स्वरले भरीको मार्मिक लोक गीत “हार्दिक श्रद्धाञ्जली” आज सार्वजनीक भएको छ

माया प्रेम सँग सम्बन्धीत रुक्मणी रिजालको उक्त गीत म्युजिक नेपालको युटुब च्यानल मार्फत बजारमा आएको हो । लोकदोहोरी गीत “हार्दिक श्रद्धाञ्जली” सार्वजनीक हुनुभन्दा अगाडीनै चर्चामा रहेको र धेरैले प्रतीक्षा गरेको गीत हो ।

गीतको कथा अनुसार गीतमा अभिनय गर्ने मोडलहरुले एक अर्काको फोटोमा हार्दिक श्रद्धाञ्जली लेख्नुपर्ने भएको र उनीहरुले लेखेकै कारण यो गीतले प्रकाशन अगाबै चर्चा र आलोचना बटुलेको थियो ।

म्युजिक भिडियोमा देखाएको कथा अनुसार मोडल बिमल अधिकारी र सारिका केसीको यात्राको क्रममा भेट भएपछि मायामा केहि खटपट देखिएको हुन्छ ।

त्यसपछि बिमल रिसको झोकमा सडकमा हिडिरको अबस्थामा मोटरसाइकलले ठक्कर दिदाँ उनको मृत्यु हुन्छ । त्यसैगरी रिसले चुर भएर जंगलमा हिडिरहेकी सारिका पनि ढुङगामा ठेस लागेर रुखमा ठोकिदाँ उनको पनि मृत्यु हुन्छ ।

मृत्युसँगै उनिहरुले एकअर्कालाई भन्छन्, “गए म आगो सँगै बली, टाढा हौली मलामी जान तिमी नपाउली, फोटो हाली फेसबुकमा लेख्दीए हार्दिक श्रद्धाञ्जली ।’’

गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र सारिका केसीको अभिनय रहेक देखिन्छ । सन्ध्या केसीले सिर्जना गरेको उक्त गीतको लय गायक रामु खड्का ले गरेका छन् । कपिल लामा को निर्देशन, अ्अर शाक्य को सम्पादन रहेको गीतको छायाँकन सुरेस श्रेष्ठले गरेका छन् ।

भिडियाे हेर्नुहाेस्

 

प्रकाशित मिति : २०७५ बैशाख १० गते सोमवार