बैशाख ११, दाङ ।
दाङमा बलात्कार गर्न गएका एक पुरुषलाई महिलाले प्रतिकार गर्न मृत्यु भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका १५ का रोबरबहादुर खत्रीले एक स्थानीय महिलालाई जबरजस्ती करणी गर्न खोज्दा मृत्यु भएको प्रहरीको बताएको छ । प्रहरीका अनुसार ६४ वर्षीय खत्रीले ४० वर्षीय एक महिलालाई उनकै कोठामा बलात्कारको प्रयास गरेका थिए । प्रतिकार गर्दा महिलाले हानेको लात्ती अन्डकोषमा लागेपछि खत्रीको घटनास्थलमै मृत्यु थियो ।
खत्रीले बैशाख ९ गते राति १ बजे गुट्खा किन्ने बाहनामा पसलमा पुगेका थिए । त्यसपछि उनी तिर्खा लागेको भन्दै पानी खान भनेर महिलाको कोठामा गएका थिए ।
मध्यरात कोठामा पुगेका खत्रीले महिलालाई बलात्कारको प्रयास गरेको प्रहरीको भनाई छ । प्रतिकारको क्रममा महिलाको लाति खन्डकोषमा लाग्दा खत्रीको मृत्यु भएको बताइएको छ । तर, खत्रीका परिवारले हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
करणी गर्ने मनसायले कसैले जार जुलुस गरेमा महिलाले आत्मरक्षाको लागि प्रतिकारको क्रममा ज्यान जाँदा कुनै सजायँ नहुने कानुन छ ।
मुलुकी ऐन जबर्जस्ती करणीको ८ नम्बरमा उक्त व्यवस्था गरिएको छ ।