• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा प्रहरी किसानको खेतमै पुगेर गाँजाका बोटहरु नष्ट गर्याे


शंकर केसी
बैशाख ११, सल्यान ।

सल्यान प्रहरीले लागु औषध गाँजाको बोट नष्ट गरेको छ । किसानले खेतको डिलमा संरक्षण गरि राखेको अवैधानिक मानिने गाँजाका बोटहरु नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लाको शारदा नगरपालिकाको रेसमज्युला भन्ने स्थानमा किसानको खेतको गाँजा प्रहरीले नष्ट गरेको हो । लागु पदार्थ न्यूनिकरण गर्ने तथा जिल्लामा रहेका युवाहरुलाई कुलतबाट जोगाउन गाँजा नष्ट गर्नु परेको प्रहरीले बताएको छ ।

प्रहरी ईञ्चार्ज ज्ञानेन्द्र शर्माको नेतृत्वमा गएको टोलिले गाँजा खेतिको नष्ट गरेको हो । करिब दुई ट्रेक्टर गाँजाको बोट नष्ट गरिएको ईन्चार्ज शर्माले बताए । शर्माको नेतृत्वमा ९ जना जवानहरु पुगेर गाँजाको बोटहरु काटेर आगो लगाएर नष्ट र बाँकी बचेकोलाई खोलामा लगेर बगाएको जानकारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख एवं डिएसपी भरतबहादुर विकले युवालाई कुलत बाट जोगाउन गाँजाको बोट नष्ट गर्ने अभियानमा प्रहरी लागेको बताए । घरेलु मदिरा र गाँजाका बोटहरु नष्ट गर्दै समाजमा हुने हिंसा न्यूनिकरणमा लागेको उनले बताए ।

प्रकाशित मिति : २०७५ बैशाख ११ गते मङ्गलवार