• २०७८ बैशाख २८ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा बलात्कार गर्न खोज्ने पुरुषलाई लात्ती हान्ने महिला पक्राउ, यस्तो मुद्दा चलाइयो ?


बैशाख ११, दाङ ।

दाङको तुलसिपुरमा बलात्कार गर्न खोज्ने एक व्यक्तिलाई आफ्नो रक्षाको लागी लात्ती हान्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको प्रयास गर्ने क्रममा आत्मरक्षाका लागि लात्तीले हान्दा ६४ बर्षका वृद्ध रोबर बहादुर खत्रीको ज्यान गएपछि प्रहरीले महिलालाई पक्राउ गरेको हो । ती महिलाले हानेको लात्तीले खत्रीको अण्डकोषमा लागेपछि घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

प्रहरीले महिलाई हत्या गरेको आरोपमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ । ‘बैशाख आठ गते राति बुढा गुट्खा किन्ने निहुँमा पसलमा गएका रहेछन,’ ढोका खोलेर सामान दिने क्रममा बुढाले जबरजस्ती गर्ने क्रममा लात्तीले हिर्काउदा ठाउँको ठाउँ ढले छन । ’ भोली पल्ट मलवार प्रहरीमा जानकारी आएपछि गएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त रहस्य खुलेको हो ।

मृतकका आफन्तले ज्यान मारेको आरोप लगाउदै प्रहरीमा जोहेरी दिएका छन् । मृतक बुढाले उल्टो कट्टु लगाएको देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटना स्थलबाट कन्डम पनि फेला परेको प्रहरीले बताएको छ । महिलाका श्रीमान हाल विदेशमा रहेका छन् ।

तर नेपालमा करणी गर्ने मनसायले कसैले जार जुलुस गरेमा महिलाले आत्मरक्षाको लागि प्रतिकारको क्रममा ज्यान जाँदा कुनै सजायँ नहुने कानुन छ । मुलुकी ऐन जबर्जस्ती करणीको ८ नम्बरमा उक्त व्यवस्था गरिएको छ ।

दाङमा बलात्कार गर्न खोज्ने पुरुषलाई महिलाले लात्तीले हान्दा अन्डकोषमा लागेर ठाउँको ठाउँ मृत्यु

प्रकाशित मिति : २०७५ बैशाख ११ गते मङ्गलवार