• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

भेरी नदिको पानी लिफ्टबाट तानेर सल्यानमा सिचाई सुरु गरियो


बैशाख ११, सल्यान ।

भेरी नदिको पानी सल्यानमा तानेर सिचाई गरिएको छ ।

जिल्लाको वन्गाड कुपिण्डे नगरपालिकामा भेरी नदिको पानी लिफ्टबाट माथी तानेर ४० रोपनी जमिनमा सिंचाइ पुर्याइएको छ । बन्गाड कुपिण्डेको वडा १ अम्रामा लिफ्ट सिचाई आयोजनाको काम सकिएको हो । गतिशिल कृषि महिला समुह र उच्च मुल्य कृषि विकास आयोजनाको आर्थिक सहयोगमा योजना निमार्ण भएको हो ।

६० हजार लिटर क्षमताको भेरी नदिको लिफ्ट गरेको पानीले ४० रोपनी खेतीयोग्य जमिनमा लगाएको तरकारीवारी सिंचित हुने छ । यो योजनाबाट मासिक ९ सय क्वीन्टल तरकारी उत्पादन गर्ने र कृषकको आय आर्जनमा पनि वृद्धि हुने बताइएको छ ।

बन्गाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले सुख्खा खडेरीको चपेटामा परेका खेतीयोग्य जमिनमा संस्थाको सहयोगबाट योजना सम्पन्न भएको भन्दै खुसि व्यक्त गरेका छन् ।

नगरले पनि किसानलाइ लक्षित गरेर योजनाहरु सञ्चालन गर्ने भन्दै आफ्नो नगरको उद्देश्य पुरा गर्न महत्वपूर्ण इटा थपेको भन्दै गतिशिल कृषि महिला समुह र उच्च मुल्य कृषि विकास आयोजनालाइ धन्यवाद दिए । सधै यसरि नगरको अन्य क्षेत्रको कृषियोग्य भुमिमा पनि हातेमालो गरेर काम गरिदिन अनुरोध समेत मेयर पुनले गरे ।

यो आयोजना बन्गाड कुपिण्डे नगरपालिका भित्रको पहिलो आयोजना भएकोले यस पछिका परिक्षणलाई मध्यनजर गरि यस्ता आयोजनालाई पहिलो प्राथामिकतामा पार्ने प्रमुख पुनको भनाई रहेको छ । आयोजना प्रमुख राजेन्द्र प्रसाद भारीले यो सिचाई आयोजनाबाट किसानको आयआर्जनमा सफलता मिल्ने र उत्पादकत्व वृद्धि गरि आर्थिक सम्वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

त्यसै गरि नगर उपप्रमुख मञ्जु यरी, वडा अध्यक्ष शान्त कुमार यरी लगाएतका जन प्रतिनीधीले संस्थाको काम प्रति खुसी व्यक्त गर्देै यसबाट स्थानीयले भरपुर सेवा लिने धारणा राखेका थिए । गतिशिल महिला कृषि समुहकी उपाध्यक्ष टुमानी महतारा र सचिव सचिव निम प्रसाद वुढाले अव प्राप्त सिंचाइ सुविधालाइ उपयोग गर्दै किसानहरु व्यावसायिक रुपमा अगाडी बढ्नुपर्ने बताएका थिए ।
दुर्गा विसीको सहयोगमा

प्रकाशित मिति : २०७५ बैशाख ११ गते मङ्गलवार