• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

दाङमा दुईवटा मोटरसाईकल एक-आपसमा ठोक्किदा ३ जना घाइते, एकको अवस्था गम्भीर


वैशाख ११, दाङ ।

दाङमा दुईवटा मोटरसाईकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।

जिल्लाको तुलसीपुर–घोराही सडक खण्डको खैरामा आज बेलुका करिव ५ बजेतिर भएको दुर्घटनामा घाइते मध्य एकजनाको अबस्था गम्भीर छ । गम्भी हुने घोराही उपमहानगरपालिका वडा नं. १२ जितपुर निवासी २५ बर्षीय वलदेव लम्सालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरमा लगेर उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लम्सालको वायाँ खुट्टा भाँचिएको भन्ने जानकारी अस्पतालले दिएको छ ।

लम्साल रा १ प ३५३९ नम्वरको मोटरसाईलकलमा सवार थिए । उनको पछाडि बसेका घोराही ९ निवासी ४८ बर्षीय रामबहादुर सिंह ठकुरीको अवस्था भने सामान्य रहेको र उनी घोराहीमा उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परि रा ३ प ५०३६ नम्वरका मोटरसाईकल चालक घोराही १२ जितपुर निवासी २२ बर्षीय प्रताप पुन मगरपनि घाईते भएका छन् । तर उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । पुन सवार मोटरसाईलक नारायणपुरवाट पूर्व खैरातर्फ जाँदै थियो भने लम्साल विपरित दिशाबाट आइरहेका थिए ।

पुनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ११ गते मङ्गलवार