• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

दाङमा एक महिला अबस्थामा मृत फेला, साथमा जग्गाको पूर्जा पनि


वैशाख ११, दाङ ।
दाङमा एकजना महिला मृत अबस्थामा फेला परेकी छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुर निवासी ३२ बर्षीया सीता चौधरी घोराही(लमही सडक खण्ड अन्तरगत पर्ने अर्जुन खोलामा मंगलवार दिउँसो साढे १ बजेतिर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको शव नजिकै एउटा विषादीको सिसीपनि फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

चौधरीको साथमा जग्गाको पूर्जा समेत फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ११ गते मङ्गलवार