• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

सल्यानको कपुरकोटमा योजनाहरुको अनुगमन र पशु स्वास्थ्य शिवीर सञ्चालन


बैशाख ११, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष सहितको टोलिले वडा नम्बर ४ मा सम्पन्न भएका खानेपानी योजनाहरुको अनुगमन गरेको छ ।

गाँडापानीमा सम्पन्न भएका दुइवटा खानेपानी योजनाहरुको मंगलबार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनमा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, प्रमुख प्रशासकिय अधिकृत सुवास रिजाल, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, खानेपानी तथा सरसफाइ टेक्नीसियन तिलक चौलागाइ, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, वडा सदस्यहरु भिमा भण्डारि, चित्र बहादुर थापा लगाएतका सहभागी थिए ।

यसैविच वडा नम्बर ४ मा मंगलबार नै निःशुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले घरमा पालेको पशुपंक्षि विरामी भएमा वा मरेमा किसानलाइ ठूलो घाटा हुने भएकाले पशु चिकित्सकसंग बेलैमा परामर्श लिनुपर्ने बताए ।

उनले किसानहरुलाइ कसरि व्यवशायीक बनाउने र आर्थीक रुपमा सबल बनाउने भन्ने बारेमा गाउँपालिकाले विभिन्न योजना बनाइरहेको बताउँदै किसानकै हितका निमित्त निःशुल्क पशु स्वास्थ्य शिविरमा चेकजाँच र औषधि वितरण भइरहेको जनाए ।

शिविरमा पशु चिकित्सक कमल कुशुम आचार्य, नवराज रेग्मी लगाएतकाले पशुपंक्षिको चेकजाँच र लक्षणका आधारमा औषधि वितरण गरेका थिए ।।

प्रकाशित मिति : २०७५ बैशाख ११ गते मङ्गलवार