• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

भूकम्प गएको आज तीन वर्ष पूरा, ४ ओटा प्रधानमन्त्री फेरिए तर पीडित अझै त्रिपालमुनी


वैशाख १२, काठमाडौं
अाज बैशाख १२ गते । २०७२ सालको बैशाख १२ अर्थात अाजकै दिन नेपालमा शक्तिशाली भूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र बनाएर ७.२ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो ।

भूकम्पबाट झण्डै १० हजारले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।
भूकम्प गएको ११ दिनपछि तत्कालिन प्रधानमन्त्री सुशील कोइराला बारपाक पुगेर पुनः निर्माणको उद्घोष गरेका थिए । तर, तीन वर्ष पुगिसक्दा पनि अझै पीडितहरु खुला अाकाशमुनी नै बसिरहेका छन् । राजनीतिक पार्टीका केही नेता र केही कर्मचारीको लागि भूकम्प उत्सव भइरहेको छ । त्यसैगरी समाज सेवाको नाममा डलरको खेती गर्नेको लागि पनि भूकम्प अझै उत्सव नै भइरहेको छ ।

नेपालमा राजनीतिक र प्राकृतिक घटनाले एउटा वर्गको उत्थान गर्ने गरेको छ । अाजैको दिन गएको भूकम्पले केही पहुँचवाला केही नेता र कर्मचारीसँगै राहतको नाममा खेतीपाती गर्नेहरुको जीवनस्तर उठाइदिएको छ । त्रिपाल हुँदै नक्सापास गर्न कर्मचारीले मागेको घुसले यही भन्छ ।

भूकम्पपछि सुशील कोइरालालाई छोडेपनि केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा हुँदै पुनः ओली प्रधानमन्त्री भइसक्दा पनि पीडित परिवारले ओत लाग्‍ने छानो पाएका छैनन् । विदेशीले दिएका राहत केही एयरपोर्ट कुहिएका छन् । त्यसैगरी विभिन्‍न सरकारी कार्यालयमा राहत रकम सडेर खेर गएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले अपेक्षा गनेअनुसार काम अगाडि बढाउन सकेको छैन । यतिसम्मकी काठमाडौंको मुटुमा रहेको धरहरा पुनः निर्माणमा एउटा इटा पनि लागेको छैन ।

यसैबीच भूकम्प गएको सम्झनामा अाज सरकारले विभिन्‍न कार्यक्रम गरेको छ । प्राधिकरणले बिहान धरहरा परिसरमा अायोजना गरेको कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका छन् । उनले पुनः निर्माणको काम अगाडि बढेरहेको बताए । ओलीले पीडितले छिट्टै घरमा बस्‍न पाउने समेत बताए । भूकम्पमा क्षति पुगेको दरबार परिसरका ऐतिहासिक सम्पदाको हाल पुनर्निर्माणको काम जारी छ ।

 

प्रकाशित मिति : २०७५ बैशाख १२ गते बुधवार