• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

दाङमा मोटरसाईकलको ठक्करवाट गाई मरेपछि चालक पक्राउ


वैशाख १२, दाङ ।
दाङमा मोटरसाईकलको ठक्करवाट गाई मरेपछि प्रहरीले एकजना मोटरसाईकल चालकलाई पक्राउ गरेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालोखोलामा रा ३ प ९५१० को मोटरसाईकलको ठक्करवाट एउटा गाई मरेपछि त्यसका चालक चिरञ्जिवी शर्मालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

गलवार बेलुका साढे ८ बजेतिर शर्मा सवार मोटरसाईकलले गाईलाई ठक्कर दिएपछि गाई मरेको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख १२ गते बुधवार