• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

म एमालेसँग छिटो पार्टी एकीकरण गर्ने पक्षमा छु तर प्रचण्डका कारण अवरुद्ध भएको छ ः नारायणकाजी श्रेष्ठ


बैशाख १२, काठमाण्डौँ ।

माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेसँगको पार्टी एकीकरण प्रक्रिया अवरुद्ध हुन पुगेको बताएका छन् ।

श्रेष्ठले एमालेसँग पार्टी एकताको प्रक्रियालाई विलम्ब गर्न पचास प्रतिशतको कुरा उठाएको आरोप लगाएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत यू होङसँग मंगलबार साँझ ललितपुरमा भएको भेटवार्तामा श्रेष्ठले एमाले–माओवादीबीचको पार्टी एकीकरण प्रक्रियामा प्रचण्ड बाधक भएर आएको आरोप लगाएका हुन् ।

श्रेष्ठसँगको भेटमा चिनियाँ राजदूत होङले एमाले–माओवादीबीचको पार्टी एकीकरणमा ढिलाइ भएको भन्दै चिन्ता जनाएकी थिइन् । स्रोतका अनुसार चिनियाँ राजदूत होङले एमालेसँग छिटोभन्दा छिटो माओवादीलाई पार्टी एकीकरण गर्न दवाव दिएकी थिइन् ।

माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो व्यक्तिगत स्वार्थतका कारण एमालेसँग ५०–५० प्रतिशतको कुरा उठाएर बखेडा निकालेको नेता श्रेष्ठको भनाइ थियो । ‘म त एमालेसँग छिटोभन्दा छिटो पार्टी एकीकरण गर्ने पक्षमा छु’, श्रेष्ठलाई उदृत गर्दै स्रोतले भन्यो, ‘प्रचण्ड नै पार्टी एकीकरणमा विलम्ब गर्नुभएको छ । वास्तवमा भन्ने हो भने माओवादीको हैसियत ४०% को छ । यस्तै हो भने अब मैले कडा रुपमा प्रचण्डलाई दवाव दिन्छु ।’

एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकीकरण हुने भनिएको थियो । तर, तयारी नपुगेको भन्दै पार्टी एकीकरण प्रक्रिया अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख १२ गते बुधवार