बैशाख १३, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारी सुर्खेतले एक प्रधानाध्यापकमाथि कारवाही गरेको छ ।
चर्को शुल्क असुलेर अभिभावकहरुलाई दुख दिएको, मदिरा सेवन गरी विद्यालयमा आउने गरेको, विद्यालयमै युवतीहरुसँग मोजमस्ती थालेको भन्दै उजुरी आएपछि जिल्लाको लेकबेसी नगरपालिका ३ स्थित जनप्रिय मावीका प्रधानाध्यापक यादब अधिकारीमाथि कारवाही गरिएको क्रान्तिकारीले जनाएको छ ।
क्रान्तिकारीले बुधबार दिउसो प्रअ अधिकारीको कार्यकक्षमै पुगेर उनलाई कालोमोसो दलेको छ । कमिसन खाएर शिक्षकहरु सरुवा गर्ने, घुस खाएर नियुक्ति दिने, विद्यालयमा आर्थिक हिनामिना गर्ने लगाएतका गतिविधिमा संग्लन रहेको भन्दै अभिभावकहरुले उजुरी गरेको क्रान्तिकारीले जनाएको छ ।
त्यस्तै प्रधानाध्यापक भएर आफु नियमित विद्यालय नआएर मनपरी गरेको र माध्यमिक तहको विद्यालयलाई समेत राजनीति गर्ने थलो बनाएको भन्दै अखिल क्रान्तिकारी सुर्खेतले चेतावनीस्वरुप कारवाही गरेको जानकारी दिएको छ ।
आगामी दिनमा यी समस्याहरु पुनः देखिए या नसच्चिए थप कडा कारवाही गर्ने क्रान्तिकारीले चेतावनीसमेत दिएको छ । क्रान्तिकारीले बिगत लामो समयदेखि सिक्षा क्षेत्रभित्रका विकृतिहरुबिरुद्ध चरणबद्धरुपमा आन्दोलन समेत गर्दै आएको छ ।
यस्ता छन् कारण
१. चर्को शूल्य असुलेको ।
२. दिरासेवन गरी विद्यालयमा आउने गरेको ।
३.महिलासँग अनैतिक सम्बन्ध राख्ने गरेको ।
४. घुस खाएर शक्षिक सरुवा तथा नियुक्ति गरेको हो ।
५. विद्यालयमा आर्थिक हिनामिना गर्ने गरेको ।
७.विद्यालयमा नियमित उपस्थित नहुने ।
८. विद्यालयलाई राजनीतिकरण गरी वातावरण धमिल्याउने गरेको हो ।