बैशाख १३, रौतहट ।
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले एमालेसँग पार्टी एकताको कुरा २५ बर्ष अघिदेखि चलेको बताएका छन् ।
रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुबीच एकताको पहल भर्खर नभएको भन्दै २०५० साल जेठ ६ र ७ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीसँग छलफल गर्ने कुरा भएको बताएका हुन् उनले भने तर पछि उहाँको हत्या भयो।
उनले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् । प्रचण्डले सिंगो देशले एकता चाहेको प्रतिक्रिया दिए । हामीलाई चिन्ता छु, उनले भने, ुसम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने।’ प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको भन्दै विलम्ब गर्न नहुने बताए ।