• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

यी हुन् सधै फेसबुकमा देखिने ‘शेरे’, यस्तो छ बायोडाटा ?


वैशाख १३, काठमाडौँ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा ‘शेरे’ नामका विभिन्न जोक्सहरु देखिने एउटा स्केच निक्कै चर्चित छ । व्यांगात्मक र हसाउने खालका जोक्सहरुमा अधिकांश ‘शेरे’ भन्दै स्केच प्रयोग गरेको देखिन्छ । वास्तवमा को हुन् त यी ‘शेरे’ ? जस्को स्केच यति धेरै चर्चित छ ।

यो ‘शेरे’ नाम गरेको स्केच चर्चित चिनियाँ बास्केटबल खेलाडी याओ मिङको हो । १८ वर्षको उमेरदेखि बास्केटबल खेल्न सुरु गरेका मिङ यस्तै अनुहारका थिए । उनी सन् २००२ देखि बास्केटबलमा लागेका उनी सन् २००९ मा भएको एक खेल सकिएपछि उनी हासेको चित्र एक चित्रकारले सेतो स्केचमा उतारेका थिए ।

पछि उनको यो स्किेच तिनै चित्रकारले व्यांग्यात्मक रुपमा फेसबुकमा प्रयोग गरेका थिए । पछि यो स्केच फेसबुकमा भाइरत बनेको हो ।

प्रकाशित मिति : २०७५ बैशाख १३ गते बिहिवार