बैशाख १४, काठमाडौं ।
चुनावको बेला बाहिर काटाकाट गर्ने केपि ओली र सेर बहादुर देउवा अहिले सँगै देखिएका छन् ।
हिजो अनेरास्ववियु अध्यक्ष नविना लामाको विवाहमा उनिहरु सँगै देखिएका हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी लामा अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह बन्धनमा बाधिएकी हुन् ।
नविनाको विहेमा ओली मख्ख
३५ वर्षीया नविनाले १२ वर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विवाह हो ।
नविनाको विहेमा देउवाको आगमन हुँदा
उनको विहेमा बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बहालवाला मन्त्री एमाले र माओवादी केन्द्रका नेताहरु लगायत सर्वसाधारणहरुको घुइचो लागेको थियो ।
हेर्नुहोस् भिडियो
भिडियो केन्द्रबिन्दुबाट ।