बैशाख १४, काठमाण्डौं ।
नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’ र पूर्वसभासद् एवम अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्ययलाई प्रहरीले पक्राउ काठमाडौंबाट पक्राउ गरेको छ ।
राई र उपाध्यायलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको सो संगठनले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन ।
त्यसेगरी काठमाडोैंबाट अखिल क्रान्तिकारीका पूर्व नेता सफल अधिकारीलार्इ पनि प्रहरीले पक्राउ गरेको छ । नेकपा श्रोतले राजनैतिक आस्थाकै आधारमा यी नेताहरूलार्इ प्रशासनले पक्राउ गरेको बताएको छ ।
हिजो बुधबार मात्र प्रहरीले ललितपुर सेक्रेटरी र अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलगायतलार्इ उपत्यकाका विभिन्न स्थानबाट प्रकाउ गरेको थियो ।
बुधबार विहानै नेकपाका ललितपुर सेक्रेटरी विपिन शर्मासहित दुर्इजना र मकवानपुरका सेक्रेटरी रामबहादुर घलान वाटरलार्इ शान्तिपूर्ण रूपमा हिडिरहेको बेला गिरफ्तार गरेको थियो।
हिजै काठमाडौं बागबजारबाट अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलगायत ३ जनालार्इ प्रहरीले गिरफ्तार गरेको थियो ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिशेष ब्युरोले प्रहरीले आफ्नो पार्टीका नेता कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ ।
उपत्यका बिशेष ब्यूरोका इन्चार्ज प्रज्वलले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारले गैर न्यायीक तरिकाले धरपकट एवं राज्य आतंक मच्चाएको बताएका छन् ।