• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

जिल्ला वन कार्यालयले बनायो कानुन : लालिगुराँस टिप्नेलाई ‘ठाउँको ठाउँ कारबाही’


बैशाख १४,  तेह्रथुम  ।

घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि ‘गुराँसको राजधानी’ तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ ।

यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् । फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को बर्षसमेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशित गरी प्रतिवन्ध लगाएको हो ।

सूचनालाई बेवास्ता गरी कसैले गुराँस टिप्ने र हाँगा भाँच्ने काम गरे जंगलमै कारबाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

गुराँसको सौन्दर्यमा रमाउन र घना गुराँसे जंगलमा घुम्न आउने पर्यटकले फूल टिपेर लैजाने गरेका छन् ।

गुराँस टिपेको र हाँगा भाँचेको भेटिएमा उनीहरुलाई वन ऐन तथा नियमावलीअनुसार कारबाही गरिने वन कार्यालयले जनाएको छ । ,आजको कान्तिपुरको पृष्ठ ५ मा समाचार छ ।

प्रकाशित मिति : २०७५ बैशाख १४ गते शुक्रवार