• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

अन्ततः ट्रम्पले ९ हजार नेपालीलाई अमेरिकाबाट लखेटेरै छोडे, १२ महिनाभित्र नफर्के यस्तो चेतावनी ?


बैशाख १४, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः ९ हजार नेापलीलाई अमेरिकाबाट लखेटेरै छोड्‍ने भएका छन् ।

ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज गरेको छ । यो निर्णयसँग एक वर्षभित्र अमेरिकामा टीपीएस सुविधामा बस्दै अाएका नेपाली स्वदेश फर्किनु पर्ने भएको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले एक विज्ञप्ति जारी गर्दै टीपीएस सुविधा खारेज भएको घोषणा गर्दै अमेरिकी कानून अनुसार, टीपीएस अन्त्य गर्न जरुरी रहेको बताइन् । विज्ञप्तिमा १२ महिनाभित्र अमेरिका छाड्न भनिएको छ । यो घोषणासँगै ९ हजार नेपालीले २४ जुन २०१९ सम्ममा अमेरिका छाडिसक्नु पर्नेछ ।

नेपाल फर्किन १२ महिनाको समय दिइएको छ । यो अवधिलाई संक्रमणकालीन रुपमा १२ महिनाको समय थप गरिएको छ । यो अवधिमा स्वदेश फर्किनु पर्नेछ भने अमेरिकामै बस्न चाहनेहरुले अन्य स्टाटसमा जानु पर्ने छ । यो अवधिमा नफर्के कानुनी कार‍वाही गरिने बताइएको छ ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्ष अगाडि अमेरिकी सरकारले अनडकुमेन्टेड अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।

अमेरिका तीन वर्ष पहिले भूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । करिब १५ हजार नेपालीले यो सुविधा लिएकोमा अहिले करिब ९ हजार मात्रै अमेरिकामा बस्दै अाएको बताइन्छ ।

ट्रम्पको विदेशीलाई लखेट्‍ने अभियान अन्तरगत नै यो घोषणा गरिएको हो । हालै मात्रै ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै निकारागुवा र सुडानका केही नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख १४ गते शुक्रवार