वैशाख १४, काठमाण्डौ ।
पृथ्वीराजमार्ग स्थित धादिङको गजुरी–२ मलेखु फुर्केखोला नजिकै ग्यास बोकेको वुलेट आज बिहान त्रिशुली नदीमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
नौबिसेतर्फ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस वुलेट पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको गजुरी स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए । अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
त्यस्तै वीरगंजबाट स्काभेटर बोकेर काठमाडौं जादैं गरेको ना ६ ख ४२९ नम्बरको ट्रेलर पृथ्वी राजमार्गको थाँक्रेमा पल्टिदाँ ३ जना घाइते भएको गल्छी प्रहरी चौकीका सहायक निरीक्षक नरोत्तम थापाले बताए ।
आज बिहान पौने ३ बजे भएको दुर्घटनामा चालक वारा निजगढ घर भएका ३१ वर्षीय विष्णु तामाङ्ग २१ वर्षीय शरद श्रेष्ठ, १७ वर्षीय प्रविण श्रेष्ठ घाइते छन् । संकेतिक फोटो फाइल