• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

विप्लवको विद्यार्थी संगठनले दाङमा गर्याे उदाहरणीय काम- चर्काे शुल्क असुल्ने विद्यालयको ५० प्रतिशत शुल्क खारेज


जंग बहादुर रेउले
बैशाख १४, घोराही ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन दाङले सामुदायिक विद्यालयमा ५० प्रतिशत शुल्क घटाएको छ । क्रान्तिकारीले सामुदायिक विद्यालयको भर्ना शुल्क खारेज अभियान अन्तर्गत दाङको बंगलाचुली गाउँपालिका वडा नं. ५ पर्ने सुधा मा.वि. झेल्नेटामा ५० प्रतिशत शुल्क घटाएको होे ।

नयाँ वर्ष सुरु भएलगतै सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा भर्ना अभियानलाई आफु खुसी निर्णय गरी गरिएको शुल्क वृद्धिले सर्वसाधारण जनताको ढाड सकेको भन्दैे भर्ना शुल्कलाई समायोजन गरेको अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।

शुक्रबार भर्ना विषयलाई लिएर सुधा मा.वि.को प्रशासन, शिक्षक, वडा अध्यक्ष, विद्यार्थी संगठनका पधाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु र अभिभावको संयुक्त छलफल गरी विद्यालय भर्ना वापत लिएको शुल्कलाई आधा कम गर्ने सहमति भएको हो । उक्त छलफलमा सहिद परिवार, गरिब परिवार ,एकल महिलाका वालवालिकाहरुलाई पढ्नबाट बञ्चित भएका वालवालिकालाई निःशुल्क भर्ना गर्ने समेत सहमति भएको अखिल क्रान्तिकारी दाङका विशेष संयोजक सुशिल परिवारले जानकारी दिएका हुन् ।

विद्यालयमा विद्यार्थीहरुलाई पढाउँनको लागि ५ जना शिक्षक निजी स्रोतमा रहेका छन् । र, उक्त निजी स्रोतका शिक्षकलाई तलव खुवानलाई आयस्रोत न्यन रहेका विद्यालय प्रशासनले जानकारी दिएको छ । निजी स्रोतका शिक्षकलाई तलवमा सहयोग तथा विद्यार्थीलाई कम्प्युटर ज्ञान, आधुनिक शिक्षाको व्यवस्थापन गर्नको लागि भर्ना शुल्क उठाएको विद्यालय प्रशासनको भनाई रहेको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख १४ गते शुक्रवार