• २०७७ असोज १२ गते सोमवार
  • Preeti To Unicode

रोल्पामा असिना पानीले किसानको बालीनालीमा ठुलो क्षेती


मनोज केसी
बैशाख १४, दाङ ।
परिवर्तन गाउपालिका २ राङसी रोल्पामा हिजो करिब २ घन्टा लगातार परेको असिना का कारण किसान ले बारिमा लगाएको बाली नाली बित्राउने क्रममा रहेको गँहु जँहु तरकारिकालागि बारिमा उमारेको आलु लगाएता बाली नाली नस्ट पारेको छ ।

हिजो दिउँसो करिब साढे चार बजे बाट निरन्तर ६ बजेसम्म परेको असिनाले किसानले लगाएको बाली नाली मा छेती पुर्‍याएको हो । किसानहरुको ठुलो आसमा रहेको बर्सेनी बाली गँहु, जँहु, आलु साथै अन्य फलफुलमा समेत पुर्ण रुपमा क्षेती पुगेको छ । परिबर्तन गाउपालिका दुई राङ्सी को कालाबाङ ,चौर, दाङजै, मालेमारे, सेलाचार, रिमुल लगाएका ठाउँमा क्षेती भएको हो ।

ठुलो आसाको रुपमा रहेको बाली नाली क्षेती गर्दा किसानहरु निरास भएका छन । माथि उल्लेखित ठाउँ मध्ने सबै भन्दा धेरै क्षेती कालाबाङ र चौर मा भएको बताइएको । असिना करिब २ फुट जति परेको त्यहाँ बाट ललित क्षेत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख १४ गते शुक्रवार