• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

नेकपाको सांस्कृतिक कार्यक्रममा हस्तक्षेप गरी पक्राउ गर्न खोज्ने प्रहरीलाई स्थानीले लखेटिदिए


बैशाख १९, कपिलवस्तु ।

कपिलवस्तुमा नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक कार्यक्रममा हस्तक्षेप गिरफ्तार गर्न खोज्ने प्रहरीलाई स्थानीले लखेटेका छन् ।

गएराति जिल्लाको दानापुरमा भइरहेको क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरि अखिल नेपाल जनसांस्कृतिक महासंघ कपिलवस्तुका सचिव तथा क्षितिज परिवारका सहसंयोजक आत्मालाई गिरफ्तार गर्न खोज्दा स्थानीयले प्रतिरोध गरेका थिए ।

नेकपा निकट कलाकारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगामुडा समेत गरेका छन् । कार्यक्रम स्थलमा प्रवेश गरेर गिरफ्तार गरिएका आत्मालाई स्थानीयले खोसेका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख १९ गते बुधवार