• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

नेकपाका नेता कार्यकर्ता पक्राउ गरेको भन्दै यूरोपमा विरोध, एमाले र माओवादी केन्द्र यस्तो चेतावनी ?


बैशाख १९, काठमाण्डौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता गिरफ्तारीको विरोधमा यूरोपमा विरोध प्रदर्शन भएको छ ।
नेपाली जनप्रगतिशील मोर्चा वेल्जियमको अगुवाइमा भएको विरोधमा वेल्जियमको एन्टवेर्पन शहरमा वर्कस पार्टी वेल्जियम र अन्य मजदुर संगठनहरु सहभागी भएका थिए । ‘समाजवादी व्यवस्थाको स्थापना गरौं’ भन्ने नारासहित हजारौं मजदुरहरु विरोधमा भाग लिएका थिए ।

वर्कस पार्टी वेल्जियमका अध्यक्ष पीटर मार्टिनले उक्त ऱ्यालीलाई सम्वोधन गरेका थिए । उनले पुँजीवादी सत्ताका विकृतिहरुको चर्चा गर्दै राज्यसत्ता जनताको हातमा लिने समाजवादी आन्दोलनमा अगाडि बढ्न सवैलाई आह्‍वान गरेका थिए । अमेरिकन साम्राज्यवादको नेतृत्वमा विश्वमा युद्धको खेति भइरहेकाले त्यसको डटेर विरोध गर्नुपर्ने पीटरले बताएका थिए ।

नेपालमा कम्युनिस्टकै नेतृत्वमा सरकार भएपनि कम्युनिस्ट नेता कार्यकर्तामाथि दमन गरिनु आपत्तिजनक भएको भन्दै बक्ताहरुले विरोध गरेका थिए ।

उनीहरुले शान्तिपूर्ण कार्यक्रममाथि नै प्रतिबन्द लगाउने नेकपा एमाले र माओवादी केन्द्र अब कम्युनिस्ट नभएको समेत दाबी गरे ।

प्रकाशित मिति : २०७५ बैशाख १९ गते बुधवार