• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

अरुण तेश्रो जलविद्युत मोदीलाई सुम्पिए नेकपाको यस्तो चेतावनी (विज्ञप्तिसहित)


बैशाख १९, काठमाण्डौं ।

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले अरुण तेश्रो जलविद्युत परियोजनाको शिलन्यास गर्ने सरकारी कार्यक्रम रहेको बताईएको छ । यो जलविद्युत परियोजना १९८० देखि निरन्तर बहस र विवादमा पर्दै आएको परियोजना हो ।

उक्त परियोजनाले भारतलाई एकतर्फि फाइदा हुने र नेपाललाई गम्भिर घाटा हुने भएको भन्दै नेकपा लगायतका विभिन्न राजनैतिक पार्टीहरुले विरोध गर्दै आइरहेका छन् ।

नेकपाले अरुण तेश्रोमा ठूलो राष्ट्रघात भएको भन्दै उक्त सम्झौता खारेज गर्न र नेपालको आफनै लगानी एवं पहलकदमीमा निर्माण गर्न सरकारलाई दबाब दिदै आइरहको छ ।

सोही विषयलाई लिएर सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज विरहीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनताको ब्यापक विरोध हुदाहुदै पनि अरुण तेश्रो जलविद्युत परियोजना सरकारले भारतको निजी कम्पनीलाई बुझाउन लागेको भन्दै आपत्ति जनाएका छन् ।

जनकपुरबाट अरुण तेश्रो जलविद्युत परियोजना मोदीलाई सुम्पिए सशक्त संघर्ष गर्ने नेकपाले जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ –

प्रकाशित मिति : २०७५ बैशाख १९ गते बुधवार