• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

आफूहरु पदको भागबण्डामा अल्झीने तर दोष अर्कालाई दिने भन्दै गगन थापाले एमाले–माओवादीलाई दिए यस्तो चेतावनी


बैशाख १९, बुटवल ।

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा नेकपा एमाले र माओवादी केन्द्रले अरुलाई मुछ्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । थापाले एकताका लागि शुभकामना दिँदै अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका हुन् ।

गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एमाले माओवादी एकताबारे आफुहरुलाइृ चासो नभएको बताए । एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसकेको भन्दै उनले अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको बताए ।

‘एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ’ थापाले भने, ‘तर, आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो ।’

युवा नेता थापाले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने भनदै ध्वंशकारी भूमिका नखेल्ने बताए । चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाए सहयोग गर्नेसमेत उनले बताए ।

प्रकाशित मिति : २०७५ बैशाख १९ गते बुधवार