लेकाली अनलाइन
बैशाख २०, सल्यान ।
सल्यानमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् ।
जिल्लाको कुमाख गाउँपालीका ३ राम्रीमा गएराति ११ बजेतिर जगत रावतकाे घरमा परेको चट्याङले ठगेन्द्र रावत का ६ वर्षीय छोरा कृष्ण रावतको मृत्यु भएको हो । उनको चौरजहारी हस्पिटल लिदै गर्दा मृत्यु भएको स्थानीयले बताएका छन् ।
चट्याङले सिर्जना रावत,कृष्ण रावत र चेतना रावत घाइते भएका छन् । घाईतेहरुलाई रुकुमको चाैरजहारी अस्पतालमा पठाइएकाे छ । घाइते मध्य एकजना बेहोस भएकाले यो समाचार तयार पार्दासम्म उनलाई नेपालगन्ज लिने तयारी भएको भैरहेको गाउँपालिका अध्यक्ष सिर्जना बुढामगर गिरि ले जानकारी दिएकी छन् ।