• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा विद्युत कार्यालयको लापरबाहीले करेन्ट लागेर एक बालक गम्भीर घाइते


लेकाली अनलाइन
बैशाख २०, सल्यान ।

सल्यानमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ को सिङगौरे नजिकै मंगलबार बिहान विद्युतको करेन्ट लाग्दा सोहि वडा गहराका अन्दाजी ९ वर्षका आदर्श जङ्ग शाह गम्भीर घाइते भएका हन् । घाइते शाहको सम्पुर्ण शरीर करेन्ट लागेर जलेको र अहिले उनको काठमाडौ स्थिति कान्ति बाल अस्पतालमा उपचार भैरहेको घाइतेका ठुला बुवा तर्क बहादुर शाहले जानकारी दिएका छन ।

घर बाट बालुवा सङ्ग्रही बजारमा मंगलबार बिहान दिदी सङ्ग दूध बिक्री गरेर घर फर्कदै गर्दा बाटोमा जथाभावी विद्युतका तारहरु चुडिएर बाटोमा नै रहेकाले फर्कदा खेरी करेन्ट लागेको दिदी विद्या शाहले जानकारी दिएकी छ्न । विद्युत लाइन बिस्तार भई सुचारु भएको पनि कसैलाई जानकारी नदिएकोले यस्तो घटना हुना गएको स्थानीयहरुको भनाइ छ ।

जथाभावी तार जोडिएको

बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को बालुवा सङ्ग्रही बाट वडा नम्बर ७ को ढोरपीपलको लागि लाइन लगिएको थियो । उक्त ठाउँमा नेपाल विद्युत प्राधिकरण सल्यान र निर्माणकार्य जिम्मा लगेको निर्माण कम्पनीको चरमा लापरबाहीका कारण विद्युतीय तारहरु जथाभावी काचो रुखहरुमा बाधिएर राखिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

विद्युत कार्यालय सल्लीबजारका एक कर्मचारीका अनुसार विद्युतीय क्षमता भन्दा कमसल खालको तार प्रयोग गरेको र लाइन छोडदा वा हावाहुरी लाग्दा तारहरु जथाभावी छुडिएर जाने भएकोले जतिबेला पनि करेन्ट लाग्ने सम्भावना रहेका बताएका छन ।

5KB क्षमताको तार आवस्यकता परेको ठाउँमा पनि 3KB को क्षमता भन्दा कम पावरको तार प्रयोग गरेको र कार्यालय प्रमुखलाई जानकारी गराउदा कुनै चासो नदिएको एक कर्मचारीले नाम नभने भन्दै बताएका छन ।
यता नेपाल विद्युत प्राधिकरण सल्यान शाखाका निमित्त कार्यालय प्रमुख राम बाबू शाहीले यो कामको जिम्मा एक जना गोविन्द पुन नामक ठेकेदारलाई दिएको र उनले काम पूरा गरेर भुक्तानी गरिदिएको बताएका छन् । जथाभावी तार चुडिएको बिषयमा कार्यालय प्रमुख बाहिर भएकाले यश सम्बन्धि आफू केही बोल्न नसक्ने निमित्त कार्यालय प्रमुख शाहीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २० गते बिहिवार