• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सल्यानमा ४१ जना किसानहरुलाई मकै उत्पादन सम्बन्धि तालीम


सरिता चलाउने
बैशाख २०, सल्यान ।

सल्यानमा ४१ जना किसानहरुलाई मकै उत्पादन सम्बन्धि तालीम दिईएको छ । प्रसिद्ध ब्यापार सेवा श्रीनगर सल्यानको आयोजनमा शारदा नगरपालीका वडा नम्बर ११ खैराबाङमा ४१ जना कृषकहरुलाई मकै उत्पादन प्रबिधि तथा बजार प्रबर्धन सम्बन्धि एक दिने तालीम दिईएको हो ।

तालीममा मकै लगाउनुको आबश्यकता र फाईदा, हाईब्रिड तथा ओ. पी मकै को सक्षिंत जानकारी गराईएको थियो । यसैगरी मकै लगाउने तरिका, सिजन, सिचाई, मलजलको प्रयोग, रोग किरा ब्यबस्थापन, पोस्ट हार्भैस्ट प्रबिधि सम्बन्धी सिकाईको जिल्ला कृर्षि बिकास कार्यलयका सल्यानका प्राबिधिक मुना पहाडीले बताएकिछन्  । उनका अनुसार जिल्लाका बिभिन्न ठाउँमा गरी करिब ३ सय जना कृषकहरुलाई ताली दिन ८ वडा समुह बनाईएको छ ।

यस्तै किसानहरुको उत्पादन भएको मकै खरिद गर्ने ग्यारिन्टी पनी भएको प्रसिद्ध ब्यापार सेवाका प्रोपराईटर कुमार बुढाथोकीले बताए ।

प्रकाशित मिति : २०७५ बैशाख २० गते बिहिवार