बैशाख २०, काठमाडौं ।
चेल नेपाल मोदीमय बनेकोछ । सरकारका मन्त्रीहरु मोदीको भ्रमणको चाँजो पाँजो मै व्यस्त देखिन्छन् ।
भारतीय सुरक्षा निकाय सक्रिय देखिन्छ । जनकपुरदेखि मुस्तांगसम्मको सवारीको सुरक्षा मिलाउन भारतीय फौज हेली लिएरै घुमी रहेको छ ।
ओलीहरु आसिर्वाद र निगाहको आशमा प्रफुल्ल छन् । विरोधका स्वरहरु पनि सार्वजनिक भई रहेकाछन् । क. मोहन विक्रमले वक्तव्य निकालेर स्वागत नगर्ने कुरा गरेका छन् । क्रान्तिकारी माओवादीका नेताहरुले मोदीलाई मोसो दल्ने कुरा गरिरहेका छन् ।
समाजिक सञ्जालमा मोदीको विरुद्ध निकै चर्का कुराहरु आएका छन् । नेपाल र नेपालीमाथि अन्याय गरिरहेको भारतीय शासकका विरुद्ध आक्रोश पोखिनु स्वभाविकै छ ।
मोदी भ्रमणको बेला पारेर देउवा सरकारले समेत खारेज गरेको भारतीय राजदुतावासवाट सोझै ५ करोड बाँडने योजना ओली सरकारले फेरि कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यसैगरी अरुण तेस्रो सिलान्यासको योजना सार्वजनिक भैरहेको छ ।
ओलीले भारत भ्रमणको बेेला पुराना सबै असमान र राष्ट्घाती सन्धी संझौताहरु कार्यान्वयन गर्ने कवुल गरेर आएका छन् । अब मोसो कसलाई धस्ने ? लम्पसारवादीहरुलाई की मोदीलाई ? जबसम्म देशभित्रका राष्ट्रघातीहरुलाई परास्त गर्न सकिदैन तबसम्म देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्न सकिदैन ।
भारतीय हस्तक्षेपको विरोध गरौ । तर यसको बहानामा लम्पसारवादीहरुलाई सुरक्षित बन्ने अवसर नदिउँ ।
ऋषि कट्टेलको वालबाट ।