बैशाख २१, दाङ ।
दाङमा रहेका विभिन्न यातायात समितिहरूले आजैदेखि गाडी सञ्चालनमा रोक लगाएका छन्।
सिण्डिकेट पक्षधर मानिएका समितिका कतिपय काउन्टर खुलेकै छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्ने कर्मचारी पनि छैनन्। कर्मचारी भएकाहरूले पनि गाडी छैन भन्दै टिकट काटेका छैनन् ।
सरकारले आगामी असारदेखि समितिहरू नविकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले बिहिबारदेखि नै आफ्नो यातायात सेवा रोकेका हुन्।
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले आजदेखि नै लामो दूरीका सम्पूर्ण सेवा बन्द गरिएको बताए। यातायात समितिहरूले गाडी सञ्चालनमा रोक लगाएपछि यतारूहरु मर्कामा परेका छन् ।