• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

दाङका ६ यातायात प्रालि भन्छन्- “बन्दमा हाम्रो कुनै समर्थन छैन, गाडीहरु नियमित सञ्चालन गर्छाैं”


बैशाख २१, दाङ ।
सरकारले यातायातका साधनमा भइरहेको सिण्डिकेटको अन्त्य गर्न लागि परेका वेदा दाङमा केही यातायात प्रालिले यातायत बन्दको आह्वान गरेका छन् भने केहीले यसमा आफूहरुको कुनै पनि संलग्नता नभएको बताएका छन् ।

जिल्लाका मलिकाकालिका यातायात प्राली, चन्द्रसुर्य यातायात प्राली, साहारा यातायात प्राली, पाण्डबेश्वरी यातायात प्राली, स्मार्ट नेपाल देउखुरी यातायात प्राली, नमस्ते राप्ती यातायात प्रालीले आज भनिएको बन्दमा आफूहरुको कुनै सहयोग र समर्थन नभएको जनाएका छन् ।

उनीहरुले विहीबार नै विज्ञप्ती जारी गरी आफूहरु स्वतन्त्र रुपमा सेवा ग्राहीलाई सेवा दिन तत्पर भएको बन्दै बन्दमा आफूहरुको समर्थन नभएको जनाएका छन् । यी प्रालिहरुले आफ्ना गाडीहरु नियमित रुपमा सञ्चालन गर्ने समेत जनाएका छन् । त्यसका लागि सुरक्षित वातावरण बनाइदिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार