• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

यी मेयरले फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरिन्, कारण यस्तो छ ?


बैशाख २१, पोखरा । 

एक जना जनप्रतिनिधिले फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरेकी छन् । स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन् ।

प्रत्यक्षदर्शीका अनुसार आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर बिहिबार साँझ उनले फेवा तालमा हाम फालेकी थिइन् । उनी हाम फालेको देख्ने बित्तिकै किनारमै रहेका एक विदेशी पर्यटकले पौडिएर उनलाई तालबाट बाहिर निकालेका थिए ।

तालबाट निकालेपछि उनलाई उद्धारमा रहेका व्यक्तिले सम्झाई बुझाई गरेका थिए । उद्धारकर्ताले उनी डिप्रेशनका कारण तालमा हाम फालेको हुन सक्ने बताएका छन्।

उनी पोखरामा जारी ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका’ विषयक गोष्ठीमा भाग लिन आएकी थिइन् ।

प्रहरीका अनुसार उनी १५ दिनअघि काठमाडौं गएर डिप्रेसनको उपचार गरी घर फर्किएकी थिईन् । काठमाडौंमा उनलाई औषधि दिएर केही समय आराम गर्न सुझाव दिएका थिए।

अहिलसम्म मेयर र उपमेयर दुबै सम्पर्कमा नआएको र घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार