बैशाख २१, सल्यान ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी सल्यानले आफ्ना मागहरुलाई बेवास्ता गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ । उसले गत चैत महिनामा बुझाएको पत्रलाई ३ दिनभित्र सहमति नगरे कडा आन्दोलन गर्ने बताएको छ ।
आज एक प्रेस विज्ञप्ती सार्वजनीक गर्दै कान्तिकारीले गत चैतमा आफ्ना मागहरु सहित जिल्ला शिक्षा कार्यालय र गाउँ तथा नगरपालीकामा बुझाएको ज्ञापन पत्रको बेवास्था भएको भन्दै आपत्ती जनाएको हो । जिल्ला संयोजक टंक प्रकाश केसीद्वारा हस्ताक्षेर विज्ञप्तीमा भनिएको छ – “शिक्षा क्षेत्र ननिजिकरण, भ्रष्टिकरण व्यापारिकरण हुँदै तिब्र दलालिकरण र अपराधिकरण सम्मको हदले हाम्रो संगठनको गंभिर ध्यानाकर्षण भएको छ । शिक्षा जस्तो पवित्र क्षेत्रलाई स्वघोषीत मानिने माफियारुपि मालिकद्वारा नै तहसनहस बनाउने गतिविधि भएका छन । यसमा हामी दास बनेर किमार्थ स्विकार्न सक्दैनौं ।”
त्यस्तै शिक्षा लगायत आधारभुत मौलिक अधिकार निशुल्क प्रदान गर्नु राज्यको दायित्व भएको भन्दै उक्त संगठनले आफ्नो भाषमा शिक्षा क्षेत्रलाई माफियाहरुले अकुत सम्पत्ति आर्जन गर्ने व्यवसाय बनाइएको आरोप लगाएको छ ।
वज्ञप्तीमा लेखिएको छ– “लाखौँ विद्यार्थीलाई भ्रममा पार्दै अबैध रुपमा विभिन्न नाममा खोलिएका निजी शैक्षिक संस्था, समता स्कुल बन्द नगरिए, जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सरकारी बहालवालाका छोराछोरी सरकारी स्कुलमा नपढाइए, राज्यद्वारा निशुल्क घोषणा गरिएको माध्यमिक तहसम्म शिक्षा पुर्ण रुपमा निशुल्क नगरिए, संगठनले बुझाएको १० बुदे ज्ञापनपत्र मा ३ दिनभित्र सहमति नगरी हाम्रो मागलाई बेवास्ता गरेको खण्डमा हामी कडा संघर्षमय आन्दोलन मा जान बाध्य हुनेछौँ ।”
त्यस्तै उक्त संगठनकै भाषमा भनिएको छ– “दलाल सत्ताले दमनको निति लिए त्यसको प्रतिकार गर्ने र जस्तो सुकै मुल्य चुकाएर पनि हाम्रा एजेन्डा स्थापित गरेरै छाड्ने प्रतिबद्धता सम्पूर्ण अभिभावक र विद्यार्थी का बिच व्यक्त गर्दै सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछौँ ।”
यस्तो छ अहिलेको विज्ञप्ती

अहिलेको विज्ञप्ती
यस्तो छ पहिले बुझाएको विज्ञप्ती ।

पहिलेको विज्ञप्ती