• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

टाइम्स कम्प्यूलोजीले मनायो ५ औं वार्षिक उत्सव


बैशाख २१, सल्यान ।
सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगरबाट संचालनमा आएको टाइम्स कम्प्यूलोजी आज आफ्नो ५ औं वार्षिक उत्सव मनाएको छ ।

होटल यूनाइटेड एण्ड पार्टी प्यालेसमा भएको वार्षिक उत्सव कार्यक्रममा शारदा नगरपालीकाका श्रोत व्यक्ती वीरबहादुर सेजवालको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सल्यान उध्योग बाणिज्य संघका महासचिव भरत बस्नेत, सल्यान जिल्लाका प्रस्तावित जेसीस अध्यक्ष राजेन्द्र थापा, होटल ब्यवसायी संघ सल्यानका महासचिव मदनकुमार भण्डारी, श्रीनगर बजार ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बुढा, एम बि कृएटिभ ट्यूशन सेन्टर श्रीनगरका प्रशिक्षक छविलाल थापा, सल्यान टेलिभिजनका फोटो पत्रकार उत्तरकुमार साहू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीले टाइम्स कम्प्यूलोजीले गुणस्तरीय कम्प्यूटर शिक्षा प्रदान गर्दै आएको र अझै गुणस्तरमा वृ्द्धि गर्नुपर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अथिति सेजवालले प्रतिष्पर्धी उत्पादनमा जोड दिन सो कम्प्यूलोजीलाई आग्रह गरेका छन् । कार्यक्रमका सभाअध्यक्ष प्रकाशवावु चन्दले टाइम्स कम्प्यूलोजीको गुणस्तर नै पहिलो शर्त भएको बताएका थिए ।

कार्यक्रममा उपस्थीत अथितिहरुलाई खादा ओढाई टाइम्स कम्प्यूलोजीका संचालक प्रकाश बाबू चन्दले सम्मान गरेका थिए । विभिन्न आकर्षक यूगल तथा एकल नृत्यले कार्यक्रमलाई रोमान्चक बनाएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार