सरिता चलाउने
वैशाख २१, सल्यान ।
कर्मचारीहरुलाई जनता प्रति बढि उत्तरदायि बनाउने भन्दै सल्यानको बागचौर नगरपालीका सल्यानले कार्यालयमा सिसि क्यामरा जडान गरेको छ ।
जनतालाई दिइने सुवा सुविधा छिटो छरितो भए नभएको , जनता प्रति बफादार भए नभएको र नगरपालीकाका हरेक क्रियाकलाबकमा निगरानी गर्ने उदेश्यले कार्यलयमा सिसि क्यामरा जडान गरिएको वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए ।
कार्यालय हाताभित्रको शान्ति सुरक्षा, अमनचयन तथा हुनसक्ने भ्रष्टचारलाई नियन्त्रण गर्नका लागि सिसि क्यामेरा प्रभावकारी हुने बुढाथोकीले विश्वास व्यक्त गरे ।
नगरपालीकाको २ लाख ५० हजारको लगानीमा जडान भएको सिसि क्यामरा नगरप्रमुखको कार्यकक्ष, प्राबिधिक शाखा, राजस्व शाखा, लेखाशाखा , बाहीरी गेटहरु लगायतका ९ स्थानमा सिसि क्यामरा जडान गरिएकोे छ ।