• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा मकैको बिउ बितरण गर्न सुरु


सरिता चलाउने
वैशाख २१, सल्यान ।

सल्यानमा मकैको विउ वितरण गर्न सुरु गरीएको छ ।

बर्षात सुरु हुन लागे सँगै किसानहरुलाई मकैको बिउ बितरण गर्न सुरु गरिएको छ । यो बर्ष समयमै पानी परेकाले मकै लगाउने सिजन सुरु भएकाले कृषकहरुलाई मकैको बिउ बितरण गर्न सुरु गरिएको जिल्ला कृषि बिकास कार्यलय सल्यानले जनाएको छ ।

कृर्षकको माग अनुसार अहिले सम्म १३ टन मकैको बिउ बितरण गरिसकिएको कार्यलयले जनाएको छ । अहिले सम्म मनकामना ३, राम्पुर कम्पोष्टि जातको मकैको बिउ बितरण गरिएको बरिष्ठ कृर्षि बिकास अधिकृत अमर राज शर्मा घिमिरेले बताए । उनका अनुसार जिल्लाका बिभिन्न कृर्षि सेवा केन्द्र बाट मकैको बिउ बितरण भैरहेको बताए ।

यो बर्ष जिल्लामा गाउँपालीका तथा नगरपालीकाहरु बाट पनि कृर्षकहरुलाई मकैको बितरण भैरहेको घिमेरेले बताए । गत बर्ष जिल्लामा २२ हजार किलो मकैको बिउ बितरण गरिएको उहाँले बताए । सल्यानमा करिब १९ हजार हेक्टर क्षेत्रफल मकै खति हुने गरेको छ भने अग्लो र भिरालो जमिनहरुमा देउती जातको मकै धेरै उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार