• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

मोदी आउने दिन नजिकिदै गर्दा नेपालमा अड्डा जमाएर बसेको भारती कार्यालयमा बम विस्फोट


बैशाख २२, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अाउने दिन नजिकिँदै गर्दा भारतीय कम्पनीहरु र उसका निकायमाथि हमला पनि बढेको छ । केही दिन पहिला मात्रै विराटनगरमा रहेको भारतीय कन्सुलर कार्यालयमा बम विस्फोट भएको थियो । विस्फोटबाट मानविय नभएपनि कार्यालयमा क्षति पुगेको थियो ।

यसैगरी शुक्रबार मध्यरात लमजुङको मर्स्याङ्ग्दी गाउँपालिकास्थित  अड्डा जमाएर बसेको भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट भएको छ । विस्फोटबाट कार्यालमा क्षति पुगेको छ ।

बम विस्फोट कसले गराएको हो र के कति क्षति भयो भन्‍ने विवरण अाउँन बाँकी छ ।

त्यसैगरी नेपाल बन्दले सुनसान बनेको बुटवलमा शक्तिशाली बम फेला परेको छ । नेपाली सेनाको डिस्पोज प्रयास । संकेतिक फोटो फाइल

यो पनि पढ्नुहोस्

नेपालमा अड्डा जमाएर बसेको भारतीय कन्सुलरको कार्यालयमा शक्तिशाली बम विस्फोट

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार