• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा बन्दको प्रभाव : जिल्ला ठप्प हुँदा जनजीवन प्रभावित, नेकपाका २ कार्यकर्ता पक्राउ


बैशाख २२, दाङ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले गरेको एकदिने नेपाल वन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण यातायात, कलकारखाना, बजार ठप्प छन् । फाट्टफुट्ट रुपमा मात्रै साना सवारी साधान सञ्चालनमा आएका छन् ।

त्यस्तै जिल्लाको देउखुरी क्षेत्रमा पर्ने लमही, भालुवाङ, सिसहनियाँ, गढवा लगायतका स्थानमा रहेका बजारहरु पनि बन्द रहेका छन् । भने स्कुल कलकारखाना पनि ठप्प रहेका छन् ।

भालुबाङमा रहेको इलाका प्रहरी कार्यालयले भने अप्रिय घटना हुन नदिन चोकचाकमा प्रहरी खटाएको र विप्लपका कार्यकर्तालाई विषेश निगरानीमा राखेको बताएको छ । भालुवाङ तथा लमहीमा गाडी जम्मा हुना साथ स्कटिङ गरी गन्तव्यमा पठाउने प्रहरीले दावी गरेपनि फाट्टफुट्ट बाहेक यातायात पुरै ठप्प भएको यात्रुहरुले बताएका छन् ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले नेकपाका दुईजना कार्यकर्ता पक्राउ गरेको जानकारी दिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ निवासी २० बर्षीय अर्जुन सुनार र तुलसीपुर १५ निवासी १७ बर्षीय जनार्दन बोहोरा पक्राउ परेको ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटोले जानकारी दिए। उनीहरुलाई शुक्रवार साँझ मसाल जुलुस प्रदशनको क्रममा तुलसीपुरवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको, अहिलेसम्म १२ जना नेता कार्यकर्तालाई बेपत्ता पारिएको लगायत राज्यको दमनका विरुद्ध केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्दको आह्वान गरेको हो ।

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार