• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

यो हो संसारकै डरलाग्दो खतरनाक सडक


बैशाख २२, काठमाडौं ।

कति पाए मानिस तिब्र गतिमा गाडी कुदाउन रुचाउछन। यात्रा स्पेशल बनाउनका लागी प्राय मानिसहरु एकै तरिकाले ड्राइभिङ गदैनन् । कोहि व्यक्तिहरु ड्राइभिङ गर्दा एउटा हातले मात्र चलाएर रमाइलो गर्न रुचाउछन् । तर एउटा त्यस्तो डर लाग्दो ठाउँ छ जुन ठाउँमा ड्राइभिङको लागी निकै सोच्नेपर्ने हुन्छ ।

बोलिभियाको युंगास प्रान्तमा रहेको सडक विश्वकै खतरनाक र हेर्न पनि डर लाग्दो सडक हो । यसको लम्बाई लगभग ६४ किलोमिटर रहेको छ । समुन्द्रसतह भन्दा १५ हजार ४०० फिटको उचाईमा रहेको उक्त सडक निकै साँघुरो र भयानक रहेको छ । त्यहाँको बाटो चिप्लो भएका कारण दुर्घटना पर्ने सम्भावना प्रबल देखिन्छ । यस क्षेत्रमा गाडी चलाउँदा टायर चिप्लेर सयौँ फिट तल खस्ने डर हुन्छ । यहाँ वार्षिक २ सय जना व्यक्तिको ज्यान जाने गरेको पाइएको छ ।

ध्यानपूर्वक गाडी चलाउँदा पनि टायर ठिक ठाउँमा नहुदाँ आफ्नो ज्यान असुरक्षित बनाउँदै ड्राइभिङ गर्न बाध्य छन् यहाँका चालकहरु । एजेन्सी 

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार