• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको बागचौरमा भयो १० लाखको पर्दाफास, जनप्रतिनिधिकै हस्ताक्षर चोरी (प्रमाणसहित)


तिलकराज वली 
बैशाख २२, सल्यान ।
सल्यानको बागचौर नगरपालिका १२ नम्बर वडाका चार जना जनप्रतिनिधिको हस्ताक्षर कृर्ते गरी नगरपालिकामा पेश भएको रहस्य खुलेको छ ।

बागचौर नगरपालिका १२ नम्बर वडा अन्र्तगत दोभान–ओख्रेनी–दर्का–सुकिदह सडक निर्माण समितिले निर्माण सम्पन्न गरेको भनी अनुगमन समितिको प्रतिबेदनमा उक्त कृर्ते हस्ताक्षर गरेको फेला परेको छ ।

६ सदस्यीय अनुगमन समितिमा वडा अध्यक्ष दिपक वली र सदस्य सचिव पहल बहादुर वलीको हस्ताक्षर मात्र सक्कल भएको तर अन्य चार जना जनप्रतिनिधिहरु चित्र बहादुर वली, कल्पना खत्री(वली), भिमप्रकाश वली र भूमि विकको हस्ताक्षर कृर्ते गरिएको भेटिएको छ ।

२०७४ चैत्र ३० गते बागचौर नगरपालिकालाई लागत अनुमान रु १० लाख अनुसार नै काम सम्पन्न भइसकेको भनि सडक निर्माण समितिले बजेट निकासाका लागि बागचौर नगरमा पेश भई नगर प्रमुख लोकमान बुढाथोकीले अनुगमन समितिका अन्य सदस्यहरुलाई बुझ्दा मात्र त्यो रहस्य पत्ता लागेको बागचौर नगर प्रमुखले बताए ।

नगरप्रखु बुढाथोकिले भने– समग्र बागचौरमा विकासका काम के कसरी भइरहेका छन् भनी मैले क्रस चेक गर्ने शिलशिलामा यो घटना पत्ता लागेको हो । कृर्ते हस्ताक्षर विरुद्ध नगरमा चार जना जनप्रतिनिधिले यसबारे छानबिन होस भनि संयुक्त हस्ताक्षर गरेर निवेदन दिनुभएको छ, त्यसैले यसको अब छानबिन सुरु हुन्छ ।’

यसबारे वडा अध्यक्ष दिपक वली सँग बुझ्दा आफुले हस्ताक्षर गरेर सबै जना जनप्रतिनिधिको पनि हस्ताक्ष अनिवार्य गरेर मात्र नगरमा जानुहोला भनेर भनेको तर निर्माण समितिले त्यसबारे चासो नदिई कृर्ते हस्ताक्षर गरी पठाएकोले अब कानुन अनुसार नै नगरले फैसल गर्ने जानकारी दिएका छन् । त्यसैगरी कृर्ते हस्ताक्षर बारे नगरसामु छानबिनको माग गर्दै निवेदन दिएका निर्वाचित वडा सदस्य चित्रबहादुर वलीले आफुहरुले गर्दै नगरेको हस्ताक्षर कसरी नगरमा गयो भन्नेबारे चाँडो छानविन हुनपर्ने र दोसीलाई कानुन अनुसार कारबाही हुनुपर्ने धारणा राखेका छन् ।

यो घटनाको पर्दाफास सँगै उक्त भर्खरै निर्माण सकिएको सडक रु १० लाखको लागतमा नै निर्माण भएको हो या हैन भन्ने आशंका आफूहरुलाई उब्जाएकाले अब माथिल्लो निकायबाट फेरी पुनः अनुगमन हुनपर्ने १२ नम्बर वडाका स्थानिय भुपेन्द्र प्रकाश केसीले बताए । यसबारे बाटो निर्माण समितिका अध्यक्ष रामबहादुर डाँगीलाई बुझ्न खोज्दा यो समाचार तयार पार्दा सम्म फोन लागेन ।

यस घटनालाई बागचौर नगरपालिकाले गम्भिर रुपमा लिएको र यसको उचित छानबिन तत्काल हुने बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीको दाबी छ ।

हस्ताक्षर कृर्ते गरिएको प्रतिवेदन

छानविनका लागि जनप्रतिनिधिले लेखेको पत्र

 

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार